"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

Friday, February 16, 2018

सूर्य पञ्चाङ्ग (पात्रो) - निःशुल्क डाउनलोड

          तिथि, बार, योग, नक्षत्र र करण पाँच अंगको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँच अङ्गसँगै विभिन्न लग्न, साइत, ग्रह उदय र अस्त एवं ग्रहणका विषय समेत समावेश गरिन्छ ।
पञ्चाङ्गको बारेमा अधिक जान्न यहाँ जानुहोस् >> के हो हिन्दु पञ्चाङ्ग ?
          नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पञ्चाङ्गकर्ता ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेल ज्यूको नेपालमा सर्वाधिक बिक्री हुने सूर्य पञ्चाङ्ग (पात्रो)  लाई २०७५ सालमा स्वयं पञ्चाङ्गकर्ताद्वारा निशुल्क PDF फाइलमा अनलाइन हेर्न र डाउनलोड गर्न पाइनेभएको थियो तर पात्रो को बिक्रिमा असर पर्ने वा अन्य कारण भएकोले हो; त्यसको निरन्तरता हुन पाएन । तर पात्रोलाई सुरक्षित राख्ने र सम्बन्धित प्रकाशनको प्रतिलिपि अधिकारलाई पनि मध्यनजर गर्ने उद्देश्यले यहाँ त्यो पञ्चाङ्ग का अन्य बितिसकेका सालका पात्रोहरु मात्र अपलोड गरिएको छ ।