"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

Wednesday, April 15, 2015

मोबाइलमय जमानामा मोबाइलमै पात्रो

अहिलेको जमाना मोबाइलमय भएको छ । सूचना प्रविधिका समाचार र सुविधाहरु लगाएतका जे कुरा पनि अचेल मोबाइलमा नै पाइन र प्रयोग हुन थालेको छ । अझ भनौं विश्व नै अटाएको छ । त्यसै क्रममा ज्योतिषीय समय र मितिको उपयुक्त जानकारी प्राप्त गर्न गराउन नेपालको लागि स्मार्टफोनको एप्लिकेसन बजारमा अहिले एउटा नयाँ एप थपिएको छ; त्यो हो तोयनाथ पात्रो । एप बजारमा नेपाली तिथि मितिको केहि पात्रोहरु पहिल्यै पनि उपलब्ध छन् । जस्तै :- नेपाली पात्रो र हाम्रो पात्रो !
यी एप्लिकेसनले विश्वको जुनसुकै कुनामा बसेर पनि तपाईंहरु नेपाली तिथि-मिति, महत्वपूर्ण चाडपर्व, विवाह, ब्रतबन्ध उत्सव तथा शुभ साइत आदिकाबारेमा जानकारी लिन सक्नुहुनेछ । आउनुहोस् म तपाईंहरुलाई नेपाली पात्रो सम्बन्धीका मुख्य एप्लिकेसनको जानकारी र लिंकहरु सेयर गर्दैछु ।
१) नेपाली पात्रो - Nepali Patro

स्मार्टफोनका लागि उपलब्ध नेपाली पात्रोमध्ये यो सवैभन्दा पुरानो र उत्कृष्ट पात्रो हो । एन्ड्रोइड र एप्पलका लागि मात्र हैन, वेबसाइट, डेस्कटप वीजेड, क्रोम र फायरफक्स एक्सटेन्सनका रुपमा पनि यो पात्रो उपलब्ध छ । यसमा मुख्य तिथि मिति, आगामी कार्यक्रम, मेरा कार्यक्रम, मिति रूपान्तरण, विदेशी विनिमय, राशिफल, शुभ साइत तथा मुहूर्तहरु, डेस्कटप विजेट आदि सेवाहरु समावेश छन् । यसमा अरु पात्रोभन्दा अहिले के विशेषता थपिएको छ भने - आजको पञ्चाङ्ग अर्थात् प्रत्येक दिनको तिथी, नक्षत्र, योग, करण, सूर्योदय, सूर्यास्त तथा दिनमान सम्बन्धी घडीपला र समय अनि रुद्री,हवनको लागि अग्निवास मुहूर्त, राशिफलहरु । त्यसैले यो एप सबैभन्दा उत्कृष्ट रहेको छ ।

२) हाम्रो पात्रो - Nepali FM-Calendar-Hamro Patro

शंकर उप्रेतीले बनाएको यो एप्लिकेशनमा केवल नेपाली पात्रो मात्र नभएर दैनिक जीवनमा चाहिने धेरै कुरा यसमा समावेश गरिएको छ । जस्तै :- आगामी कार्यक्रम, मुख्य तिथि मिति, समाचार, नेपाली एफएम रेडियोहरु, लोडसेडिङ्ग तालिका, नेपाली विडियोहरु, राशिफल, फोटो, चाडपर्व विशेष ई-कार्ड र शुभकामना, बिनिमय दर, मुद्रा-दर परिवर्तक, सुनचाँदी दर भाउ, फ्ल्यास लाईट एवं डेस्कटप विजेट आदि ।
यी बाहेक माइ नेपाल (My Nepal: Nepali FM Patro News)वि.सं. पात्रो (BS Calendar) र अर्को एउटा नेपाली पात्रो (Nepali Patro) नाम गरेको एपहरु पनि उपलब्ध त छन् तर नेपाली पात्रोको लागि त्यति उपयुक्त हुन सकेका छैनन् ।

३) तोयनाथ पात्रो - Toyanath Patro-Nepali Calendar
एन्ड्रोइड उपभोक्ताहरुलाई ज्योतिषीय तिथी-मितिहरु हेर्न, राशिफल, सजिलो पात्रो, विभिन्न साईतहरु, मिति परिवर्तक, वास्तु जानकारी, महिनाहरुमा प्रयोग हुने केहि मन्त्रहरु, सपनाको फल आदि सुविधाहरु बोकेर तोयनाथ पात्रो उपस्थित भएको छ ।
नेपाली भाषाबद्ध यो एप्लिकेसनको मुख्य विशेषता
  • यो आधिकारिक (नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट मान्यताप्राप्त)  नेपाली पञ्चाङ्ग “तोयनाथ पञ्चाङ्ग” (चतुर्भुज प्रकाशनको वि.सं. १९४६ सालदेखि प्रकाशित नेपालको सर्वाधिक पूरानो पात्रो) को सजिलो रुप हो मोबाइल उपभोक्ताहरुको लागि । यसको अविच्छिन्न रूपमा तोयनाथ पञ्चाङ्ग, पछिल्लो समयमा तोयनाथ गोजी पात्रोतोयनाथ सजिलो पात्रो (भित्ते पात्रो) पनि प्रकाशित भैरहेका छन् ।
  • यसमा नेपाली सूर्योदय र सूर्यास्तको समय समावेश छ ।
  • व्रतबन्ध, विवाह, अन्नप्राशन (पास्नी), गृहनिर्माण, गृहप्रवेश, व्यापारिक प्रतिष्ठान आरम्भ (पसल/दोकान सुरु गर्ने), धान्यच्छेदन (धानकाट्ने/मुट्ठी लिने) र नवान्नप्राशन (नयाँ अन्न खाने/न्वागी खाने) आदि साइतहरु
  • गृहनिर्माण सम्बन्धी शास्त्रीय वास्तु विचार, वार्षिक मन्त्रहरुको विवरण, मासिक र वार्षिक राशिफल, पञ्चाङ्ग विवरणमा गते, बार, तिथि, नक्षत्र, योग, करण एवं दैनिक तथा मासिक व्रतपर्वको उचित विवरण
तोयनाथ पञ्चाङ्ग सांस्कृतिक एवं सामाजिक तवरमा लोकप्रिय रहि आएपनि विभिन्न कारणवस सबैको हात-हातमा पुग्न नसकेको कुरा अवगत गर्दै चतुर्भुज प्रकाशनको तोयनाथ पात्रो तपाईंको एण्ड्रोइड डिभाइसमा उपयुक्त हुने गरि गुर्खा टेक्नोलोजी (Gurkha Technology) ले ल्याईएको छ । गुर्खाले यो अति सह्रानीय काम गरेको छ । यो प्रयासलाई हार्दिक नमन र शुभकामना !
अहिले यो पात्रो सुरुवाती बेटा वर्जनमा छ ! अब अगाडि अझ राम्रो हुँदै जाला ? आशा छ विस्तारै विस्तारै जति सक्दो मुहुर्तहरु, रुद्री आदिका थप साइतहरु, डेस्कटप विजेट, नवग्रह सम्बन्धी विषय र होडा तालिका थप्दै एप जगतमा अरु पात्रो भन्दा यस्ले अझ सफलता हाँसिल गर्नेछ र नेपालको सबभन्दा उत्कृष्ट मोबाइल पात्रो बन्नेछ !
तोयनाथ पात्रो डाउनलोड लिंक
वि. सं. २०७२ साल देखिको दैनिक पञ्चाङ्गको लागि आफ्नो एण्ड्रोइड डिभाइसमा यसलाई छिट्टै इन्स्टल गर्नुहोस् र नेपाली पात्रोको मजा लिनुहोस् ।
एन्ड्रोईड (Android) को लागि
तोयानाथ पञ्चाङ्ग आइओएसमा पनि छिटै उपलब्ध हुनेछ ।

हिन्दु पात्रो अर्थात् पञ्चाङ्ग संबन्धि जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् >>

No comments:

Post a Comment