Sunday, February 1, 2015
के हो हिन्दु पञ्चाङ्ग (पात्रो) ?
हरेक ठाउँमा आ-आफ्नो निश्चित स्थानलाई आधार मानेर गणना पद्धति अनुसार महिना या दिन निर्धारण गरिएको हुन्छ । संसारमा मान्ने गरिएको अंग्रेजी क्यालेण्डर सौर्य गणनाको आधारमा निकालिएका हो । तर हिन्दु पञ्चाङ्ग (पात्रो) भने सुर्य संगसँगै चन्द्र र नक्षत्रको आधारमा गणना गरि बनाइएको हो । हिन्दु पात्रो काल गणनाको पाँच रीतिअनुसार बनेको हुनाले पञ्चाङ्ग भनिन्छ । के हो त पञ्चाङ्ग ? यसबारे दुईवटा श्लोक यस्तो छ :-
“तिथिर्वारश्च
नक्षत्रं योगः कारणमेव च । एतैः पञ्चभिरङ्गै संयुतं पञ्चाङ्गमुच्यते ॥”
वा
वा
“तिथिर्वासरनक्षत्रे
योगः करणमेव च । इति पञ्चाङ्गमाख्यातं व्रतपर्वनिदर्शकम् ॥”
अर्थात् तिथि, बार,
नक्षत्र, योग र करण यीनै पाँच अङ्गको सिलसिलाबद्ध प्रस्तुतिको सम्पूर्ण स्वरूपलाई पञ्चाङ्ग अर्थात् नेपाली जनबोलीमा पात्रो भनिन्छ । पञ्चाङ्गको मुख्य उद्देश्य विविध धर्म संस्कृतिको रिती-रिवाज अनुसार मनाउनुपर्ने चाडबाडमा व्रत, पर्व, उत्सवको जानकारी गराउनु हो ।
१) तिथि :- चन्द्रमाको एक कलालाई तिथि भनिन्छ । यसमा सूर्य तथा चन्द्रमाको स्थितिलाई ध्यानमा राखेर तिथि गणना गरिन्छ । अमावस्या (औंसी) को अन्तमा सूर्य र चन्द्रमा एक समान राशि-अंशमा रहन्छन् । जब शीघ्र गतिमान चन्द्र सूर्यबाट क्रमिक रूपमा १२ अंशको अन्तरमा रहन्छ तब त्यो कालांशलाई क्रमशः प्रतिपदा, १२-२४ अंशान्तरलाई द्वितीया गरेर क्रमिक रूपमा १८० अंशको अन्तरमा पूर्णिमा र यसपछि क्रमशः १८०-१६८ को न्युनान्तर बन्दै जाँदा फेरी प्रतिपदा गरि १२-० अंशान्तरलाई अमावस्या नाम दिइन्छ । यसरि अंशान्तरको क्रम वृद्धिशील हुँदै पूर्णिमा सम्मको पहिलो पक्ष ‘शुक्ल’ र पुनः अंशान्तरको क्रम न्यूनतम हुँदै औंसी सम्मको दोस्रो पक्ष ‘कृष्ण’ गरेर एक चन्द्रमासमा दुईवटा पक्ष र ३० वटा तिथि हुन्छन् । ति यसप्रकार छन् :- प्रतिपदा (१), द्वितीया (२), तृतीया (३), चतुर्थी (४), पञ्चमी (५), षष्ठी (६), सप्तमी (७), अष्टमी (८), नवमी (९), दशमी (१०), एकादशी (११), द्वादशी (१२), त्रयोदशी (१३), चतुर्दशी (१४), पूर्णिमा (१५), अमावस्या (३०) ॥

२) बार :- एउटा सूर्योदयदेखि अर्को सूर्योदयको पूर्वको समय (१
दिन) लाई नै बार भनिन्छ अर्थात् बार प्रवृत्ति सूर्योदयपछि मात्र सुरु हुन्छ । अङ्ग्रेजी तारीख र बार भने नेपाली
समयानुसार मध्यरात्रि १२ बजेबाट सुरु हुन्छ । यो
मान्यता पनि सूर्योदय संगै जोडिएको छ, किनभने ग्रीनबिचमा
त्यसबेला सूर्योदय हुन्छ र त्यहाँ अर्को दिन सुरु हुन्छ । यसलाई ग्रीनबिच
मेनेजमेन्ट टाईम (GMT) भनिन्छ । ईतिहास
हेर्दा अंग्रेजहरुले लगभग विश्वभरी नै आफ्नो स्वामित्व बनाएको कारण त्यहि
सूर्योदयलाई आधार बनाएर मध्यरात १२ बजेबाट सबैलाई अर्को दिन सुरु हुने समय तोकिदिएर एउटा
देशको बार प्रवृत्तिलाई विश्वभरी नै मानेका छन् । तर ज्योतिष मान्यता अनुसार जुनसुकै
देश होस्, स्वस्थान/देशको सूर्योदयबाट नै बार प्रवृत्ति मान्य हुन्छ, गर्नुपर्छ ।
त्यसैले नयाँवर्ष आदि दिवसहरु मनाउँदा हामीले बार वा दिनको सुरुवात मध्यरात १२
बजेबाट नभै सूर्योदयसँगै नै मान्नुपर्छ । जुन दिनको प्रथम होराको जो ग्रह स्वामी हुन्छ; त्यो दिन त्यहि ग्रहको नामबाट बारको नाम राखिन्छ । एक दिनमा २४ होरा हुन्छन् - एउटा होरामा १ घण्टा हुने
हुनाले होराको अर्को नाम घण्टा हो ।
ज्योतिष शास्त्रमा शनि, बृहस्पति, मंगल, सूर्य, शुक्र, बुध र चन्द्र यी ग्रहहरु क्रमशः एक-अर्कादेखि तल हुन्छन् अर्थात् शनि सबभन्दा माथि, त्यो भन्दा तल बृहस्पतिआदि ग्रहहरुको क्रम हुन्छ । यो क्रमलाई अधःकक्षाक्रम भनिन्छ । एक दिनमा २४ होरा हुन्छन् -एउटा होरामा १ घण्टा हुन्छ । यस हिसाबले होराको अर्को नाम घण्टा हो । प्रत्येक होराको स्वामी अधःकक्षाक्रमले एकुन्टा ग्रहहरु हुन्छन्। सृष्टिको आरम्भमा सबभन्दा पहिले सूर्य देखिएकोले होराको स्वामी पनि सूर्यबाट नै सुरु हुन्छ र दोस्रो होराको शुक्र, तेस्रो होराको बुध गर्दै फेरी आठौँ होराको सूर्य ग्रह स्वामी हुन्छन् । एवं रीतले २४औं होराको स्वामी बुध हुन्छ । दोस्रो दिनमा पहिलो होराको स्वामी चन्द्र हुँदै क्रम चल्छ । यसरी प्रथम दिन पहिलो होराको स्वामी सूर्य भएकोले त्यो दिनको बारको नाम आदित्यबार (रविबार वा नेपालमा आइतबार) नाम रह्यो र दोस्रो दिनको पहिलो होराको स्वामी चन्द्र भएकाले सो दिनको बार सोमबार रहन गयो । बारहरु क्रमशः आइत (रवि), सोम (चन्द्र), मङ्गल (भौम), बुध (सौम्य), बिहि (गुरु/बृहस्पति), शुक्र (भृगु) र शनि गरि जम्मा ७ हुन्छन् । यिनीहरुको समुहलाई हप्ता भनिन्छ । यसरि १ महिनामा ४ हप्ता हुन्छन् । दिनलाई गन्ने रीति दिनाङ्क (गते) हो ।
यसरी सरल अर्थमा भन्नुपर्दा एउटा सूर्योदयदेखि अर्को सूर्योदयको पूर्वको समय (१ दिन) लाई नै बार भनिन्छ अर्थात् बार प्रवृत्ति सूर्योदय भएपछि मात्र सुरु हुन्छ ।

आकाश ३६० अंशहरुको गणनागत रूपमा मान्य रहेको छ तथा उक्त अंशहरुको चक्र (भचक्र) लाई २७ भागमा विभाजित गर्दा १३ अंश २० कला (13˚20') अर्थात् ८०० कलाको एक क्षेत्र गरि क्रमशः आश्विन्यादि रेवतीपर्यन्त २७ नक्षत्रहरुको भाग मानिन्छ । जुन दिन वा समयमा चन्द्रमा पृथ्वीबाट जुन नक्षत्र भाग या पुञ्जमा देखिन्छ; त्यो नै त्यस स्थानको त्यस दिनको नक्षत्र हुन्छ । १२ राशि पनि यिनै नक्षत्र भित्र बाँडिएको हुन्छ । प्रत्येक नक्षत्रमा ४ चरण (पाउ) अर्थात् ४ भाग हुन्छ, ९ चरण एउटा राशिको भागमा पर्दछ । एवं रीतले २७ नक्षत्र र १२ राशिको गणना गरिएको हुन्छ । कुनै बेला अभिजित नक्षत्र पनि मान्य गर्नुपर्ने अवस्थाले नक्षत्रको संख्या २८ पनि लेखिन्छ । तर उक्त अभिजित नक्षत्र २७ वटै नक्षत्र अन्तर्गत उत्तरषाढाको अन्तिम भाग र श्रवणको अघिल्लो भागबाट छुट्टयाइएको हुनाले २७ वटा नक्षत्र नै गनिन्छ । अभिजित नक्षत्रलाई समस्त शुभकार्यहरुमा शुभ मानिन्छ ।
४) योग
:- सूर्य र चन्द्रको
गति अन्तरको एउटा कालांशलाई योग भनिन्छ । सूर्यको माध्यमिक गति १ अंश (1˚) र चन्द्रको १३˚ २०' मानिन्छ । यसै अनुरुप
सूर्य एउटा राशिमा १ महिना रहन्छ र चन्द्रमा लगभग साँढे दुई दिन । सूर्य र
चन्द्रले जुन समयमा औसत १३˚ २०' (८००') को दूरी पार गर्दछन् अर्थात् दुबैको गतिमा त्यति
अन्तर हुन्छ; त्यो समय वा कालांशलाई योगको नाम दिइन्छ । अश्विनी नक्षत्रबाट सुरु गरि सूर्य र चन्द्र दुबैले १२ वटै राशि (२७ वटै नक्षत्र) सम्म १३˚ २०' को दरले क्रमशः ३६०˚ सम्मको दुरी पार गर्दै जाँदा जम्मा २७ वटा नै (विष्कुम्भादि वैधृति पर्यन्तका २७) योगहरु बित्दछन् ।
५) करण
:- तिथिको आधा भागलाई नै करण भनिन्छ । जब सूर्य र चन्द्रको ६˚ को अन्तर हुन्छ तब एक करण मानिन्छ । तिथिहरुको
सुक्ष्म प्रभाव जान्नको लागि प्रत्येक तिथिलाई २ भाग गरेर करण मानिएको हो । करणहरु जम्मा ११ हुन्छन्; जसमध्ये बव, बालव, कौलव, तैतिल, गर, वणिज र भद्रा (विष्टि) यी ७ चर (चल) संज्ञक र शकुनि, चतुष्पाद, नाग र किंस्तुघ्न यी ४ ध्रुव (स्थिर) संज्ञक करण । शुक्लपक्ष प्रतिपदाको शेषार्द्ध (दोस्रो भाग) देखि कृष्णपक्ष चतुर्दशीको पूर्वार्द्ध (पहिलो भाग) सम्म चलसंज्ञक करणहरु रहन्छन् भने कृष्णपक्ष चतुर्दशीको शेषार्द्धदेखि शुक्लपक्ष प्रतिपदाको पूर्वार्द्ध पर्यन्त क्रमशः स्थिरसंज्ञक करणहरु रहन्छन् । जस्तै:- शुक्लप्रतिपदाको शेषार्द्धमा बव, द्वितीयामा बालव र कौलव गर्दै क्रमशः भद्रा सम्म ८ पटकको क्रम पछि कृष्णचतुर्दशीको शेषार्द्धमा शकुनि, औंसीमा चतुष्पाद र नाग र शुक्लप्रतिपदाको पूर्वार्द्धमा किंस्तुघ्न करण रहन्छन् । यसरि प्रत्येक तिथिमा २ वटा करणको दरले ठ्याक्क ६० वटा करणहरु मिल्दछन् । पञ्चाङ्गमा भद्रा करणको आरम्भ र अन्त्य हुने समयको जानकारी गराईएको हुन्छ । उक्त समयमा कुनैपनि शुभकार्य वर्जित अर्थात् अशुभ मानिन्छ ।
यसरी पञ्चाङ्गको आधारमा काल गणना गरिन्छ; जसमा मुख्यतः ३ धारा रहेको छ :- चन्द्र, नक्षत्र र सूर्य आधारित पात्रो (क्यालेण्डर) पद्धति ।
सौरमास – सूर्यको आधारले एउटा संक्रान्तिबाट अर्को
संक्रान्तिसम्मको समयलाई नै सौरमास भनिन्छ । संक्रान्ति भन्नाले सूर्य एउटा
राशिबाट अर्को राशिमा प्रवेश गर्ने समय हो । जुन राशिमा सूर्य प्रवेश गर्ने हो
त्यो राशिबाट संक्रान्तिको नाम हुन्छ र महिना पनि त्यहि नामबाट सुरु हुन्छ । मेष, वृष,
मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन गरेर १२ राशि
हुने हुनाले सौरमास पनि १२ नै हुन्छ । सूर्यको गतिको घटबढले गर्दा एउटा राशिमा
सूर्य २८ दिन देखि ३२ दिनसम्म पनि रहन्छ । संक्रान्ति भएको दिनदेखि १ गते भन्दै
दिन गणना हुन्छ । मूलतः सौरमासले वर्षमा ३६५ दिन हुन्छ । एक वर्षमा मकर
संक्रान्तिबाट ६ महिना उत्तरायण र कर्कट संक्रान्तिबाट ६ महिना दक्षिणायन सुरु हुन्छ । अयन
अर्थात् ढल्कने अर्थमा सूर्य उत्तरतर्फ र दक्षिणतर्फ विस्तारै जाने प्रक्रिया हो, उत्तरायण र दक्षिणायन ।
चान्द्रमास – चन्द्रको आधारले चन्द्रमाको कला घटबढ भएर मानिने कृष्ण र
शुक्लपक्षको समयलाई चान्द्रमास भनिन्छ । यो दुई प्रकारको हुन्छ – अमान्त र
पूर्णिमान्त । शुक्ल प्रतिपदाबाट अमावास्यासम्मको महिना अमान्त, जुन मुख्य
चान्द्रमास हो भने कृष्ण प्रतिपदाबाट पूर्णिमासम्मको महिना पूर्णिमान्त, जुन गौण चान्द्रमास
हो । तिथिको घटबढ अनुसार यो चान्द्रमास २७ देखि ३० दिनसम्मको हुन्छ । पूर्णिमाको
दिन चन्द्रमा जुन नक्षत्रमा हुन्छ, त्यहि नक्षत्रको आधारबाट महिनाको नामाकरण हुन्छ
- चित्रा नक्षत्रबाट चैत्र, विशाखाबाट वैशाख, ज्येष्ठाबाट ज्येष्ठ, पूर्व र उत्तराषाढाबाट
आषाढ, श्रवणबाट श्रावण, पूर्व र उत्तरभाद्रपदबाट भाद्र, अश्विनीबाट आश्विन,
कृतिकाबाट कार्त्तिक, मृगशिराबाट मार्गशीर्ष, पुष्य (तिष्य) बाट पौष, मघाबाट माघ र
पूर्व र उत्तरफाल्गुणीबाट फाल्गुण महिना । सौरमास लगभग ३६५ र चान्द्रमास ३५५ दिनको
हुनाले प्रतिवर्ष लगभग १० दिनको फरक हुन्छ र हर ३ वर्षभित्र १ महिनाको छुट्टै चान्द्रमास
बन्दछ; जसलाई अधिकमास भनिन्छ ।
नाक्षत्रमास – चन्द्रमा अश्विनीदेखि रेवतीसम्म जबसम्म विचरण गर्दछ;
त्यो समयलाई नाक्षत्रमास भनिन्छ । मान्य नक्षत्र २७ वटा भएकाले यसको महिना जम्मा
२७ दिनको हुन्छ ।
संवत्सर – संवत्सरलाई वर्ष र
सम्वत् पनि भनिन्छ । विशेष गरेर चान्द्रमासले चैत्रशुक्लप्रतिपदाबाट नै नयाँ संवत्सर सुरु हुन्छ भने सौरमासले मेषसंक्रान्तिबाट
नयाँ सौर वर्ष सुरु मानिन्छ । संवत्सर प्रभवादि अक्षय पर्यन्त गरेर ६० वटा हुन्छन्
। विक्रम राजाको शासनबाट हिन्दु सम्वतको नाम विक्रम संवत र अंग्रेजी संवत् चाहिं
ईस्वी सन् नाम रहेको छ । पात्रोमा यसलाई
वत्सरारम्भ भनेर जनाएको हुन्छ । यसै दिनबाट नविन वर्ष (विक्रम संवत्) सुरु हुने भएपनि
नेपालमा वैशाख १ गतेबाटै मानिन्छ । अंग्रेजी सन् को नयाँ वर्ष चाहिं जनवरी १ बाट
सुरु हुन्छ जुन पुसको १५ गतेको वरिपरी पर्दछ ।
Subscribe to:
Post Comments (Atom)
पीडीएफ फाइल डाउनलोड गर्ददा पनि चलदैन किना हो। give me ans
ReplyDelete