Wednesday, April 29, 2015
धरहरा - भीमसेनको ट्वीन टावर
यो १८८० अघि तिरको फोटो हो । १९९० को भूकम्पमा यो दरबार (गार्डन दरबार, प्रवेशद्वारमा बाघ राखिएकोले बाघदरबार) क्षतिग्रस्त भएपछि १९९७ मा यसको ठाउँमा नयाँ हरि भवन खडा गरिएको थियो । |
पढ्नुहोस्, हेर्नुहोस्
धरहराको इतिहास, जो नेपालको ट्वीन टावरको रूपमा
भीमसेन थापाले वि. सं. १८८१ र ८२ मा दुईवटा मिनार बनाएका थिए जुन ११/११
तलाका थिए । पहिलो मिनार १८८१
मा अहिलेको धरहराको दक्षिण–पश्चिमपट्टि
रहेको आफ्नो भीमसेन निवास (जनरलवाग/वागदरबार) परिसरमा मुगल शैलीमा निर्माण गराएका
थिए र रानी
ललितत्रिपुरासुन्दरीले पनि त्यस्तै मिनारको इच्छा गरेपछि भीमसेनले १८८२ मा
बनाइदिएको दोस्रो मिनार चाहिं
अहिलेको धरहरा हो। यो नेपालको
राजधानी काठमाडौंको सुन्धारामा अवस्थित छ । भीमसेन थापाले बनाएको स्तम्भ भएको
कारणले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ ।
१९७७ ताकाको फोटोमा धरहरा र भीमसेन निवास |
यसरी वि.सं. १८८१ सालदेखि नेपालको इतिहासमा भीमसेनको ट्वीन टावरले १९९० सालको भूकम्पसम्ममा येनकेन आफ्नो अस्तित्व बचायो र भूकम्पपछि एउटा पूर्ण ध्वस्त भयो र अर्को भग्नावशेषको रूपमा १९९२ सम्म रह्यो । त्यसपछि पुनर्निर्माणसँगै हालसम्म पनि देश तथा विदेशका नागरिकहरुलाई नेपालको इतिहास दर्शाउन र नेपालमा आउन प्रेरित गर्ने राष्ट्रिय सम्पदा धरहरा २०७२ सालको विनाशकारी भूकम्पमा परि धराशायी भएको छ । अन्ततः १९१ वर्षको लामो इतिहासको अन्त्य भएको छ ।
Wednesday, April 15, 2015
मोबाइलमय जमानामा मोबाइलमै पात्रो
अहिलेको जमाना
मोबाइलमय भएको छ । सूचना प्रविधिका समाचार र सुविधाहरु लगाएतका जे कुरा पनि अचेल
मोबाइलमा नै पाइन र प्रयोग हुन थालेको छ । अझ भनौं विश्व नै अटाएको छ । त्यसै
क्रममा ज्योतिषीय समय र मितिको उपयुक्त जानकारी प्राप्त गर्न गराउन नेपालको लागि स्मार्टफोनको
एप्लिकेसन बजारमा अहिले एउटा नयाँ एप थपिएको छ; त्यो हो तोयनाथ पात्रो । एप
बजारमा नेपाली तिथि मितिको केहि पात्रोहरु पहिल्यै पनि उपलब्ध छन् । जस्तै :- नेपाली
पात्रो र हाम्रो पात्रो !
यी एप्लिकेसनले विश्वको
जुनसुकै कुनामा बसेर पनि तपाईंहरु नेपाली तिथि-मिति, महत्वपूर्ण चाडपर्व, विवाह, ब्रतबन्ध उत्सव तथा शुभ साइत आदिकाबारेमा जानकारी लिन सक्नुहुनेछ ।
आउनुहोस् म तपाईंहरुलाई नेपाली पात्रो सम्बन्धीका मुख्य एप्लिकेसनको जानकारी र
लिंकहरु सेयर गर्दैछु ।
Subscribe to:
Posts (Atom)