Wednesday, January 21, 2015
के हो स्वस्थानी व्रत र कथा ?
‘वैदिक
धर्म मूल रूपमा’ (शिवराज आचार्य कौण्डिन्न्यायन, दो.सं. २०६२ स्वाद्ध्यायशाला) पुस्तकका अनुसार स्वस्थानी कथाको पुरानो रूप
५०० वर्षजति अघि नेवारी भाषामै रहेको पाइन्छ । लगभग त्यति नै वर्षयता नेपाली
भाषामा पनि अनुदित भई व्रत बस्ने र कथा सुन्ने परम्पराको विकास भयो । अहिले पनि
साँखुलगायतका स्थानमा नेवारी भाषाको स्वस्थानी व्रतकथा पाइन्छ । अहिले चलेको
चलनअनुसार चान्द्रमानको पात्रोअनुसार पौष शुक्ल पूर्णिमामा सुरु भएर माघ शुक्ल
पूर्णिमामा अन्त्य हुन्छ । विधिपूर्वक व्रत बस्ने र मध्याह्न कालमा महादेव र श्री
स्वस्थानीको पूजा गर्ने कथा भन्नेसुन्ने परम्परा चलिरहेकै छ ।
को हुन्
स्वस्थानी ?
स्वस्थानी
माहत्म्य भए पनि कथामा देवीको उत्पत्तिबारे खुलाइएको छैन । कथाका एक तिहाइ भाग
सकिँदासम्म स्वस्थानी देवीको हुन् भन्ने खुल्दैन । पार्वतीले अनेक प्रयास गर्दा
पनि महादेव पति नपाएपछि भगवान् विष्णुले ‘श्री स्वस्थानी परमेश्वरी’को व्रत गर्ने सल्लाह दिन्छन् । त्यसैबेला यस्तो प्रसंग आउँछ– अष्टासु च दलेष्वेव मातृकाष्टस्थितास्तथा÷खड्गं
त्रिशूलं चोध्र्वञ्च अधश्चाभय मुत्पलम्÷चतुर्भुजा त्रिनेत्रा
च सर्वालङ्कार भूषिता÷सुवर्णवद्धिकासाभा स्वस्थानी जगदीश्वरी
।। अष्टमातृका (चामुण्डा, महाकाली, वैष्णवी,
ब्राह्मी, माहेश्वरी, कौमारी,
वाराही र इन्द्राणी) बीचमा तीन नेत्र, चार हात
भएकी, विभिन्न वस्त्रालङ्कारले विभूषित भई त्रिशूल, तरबार, कमल र चक्र लिएर विराजमान भएकी सुवर्णको
आभायुक्त स्वस्थानी देवीको स्वरूप छ ।
स्वस्थानी र शिवजी
नेपाली समाजमा शताब्दियौंदेखि अत्यधिक श्रद्धापूर्वक व्रत, पूजा र पाठ गर्दै आएको
स्वस्थानी व्रतकथाको पुस्तक सर्वप्रथम कहिले र कसले लेख्यो भन्ने कुरा अहिलेसम्म
पनि कसैले ठोकुवा गरेर भन्नसकेको पाइएको छैन । नेवारी भाषामा लेखिएको भनिएको
स्वस्थानी कथा पक्कै पनि कुनै नेवारले नै लेखेको हुनुपर्छ । त्यसो हो भने नेवारले
किन बाहुनको मात्र कथा लेख्यो ? किन कतै नेवार समाजको कथा
लेखिएन, स्वस्थानीमा ? यो प्रश्न पनि सोचनीय देखिन्छ । जे होस्, नेवारले जे देख्यो, त्यही लेख्यो । तत्कालीन
समयमा बाहुन समाजमा हिन्दु धर्म र परम्पराको नाममा महिलामाथि हुने ज्यादती, पतिव्रताका नाममा बाहुन
महिलाले सहनुपरेका दुःख, बालविवाह, एकल महिलाले खेप्नुपरेका समस्या, धर्मको नाममा महिलालाई
दिइने प्रताडनालाई स्वस्थानी कथासँग जोडिदिएको हुनसक्छ । जे होस्, यी प्रसंगलाई छोडेर
स्वस्थानीकै ऐतिहासिक प्रसंगतिर जानु सान्दर्भिक छ ।
आफ्नी प्राणप्यारी पत्नी सतीदेवीको मृत्युपछि शिव यति धेरै शोकाकुल
बन्छन् कि उनलेे सतीदेवीको मृत शरीर बोकेर संसार भ्रमण गर्दै हिँड्दा सतीको देह
सडेर अङ्ग-अङ्गहरू विभिन्न ठाउँमा झर्दै जान्छन् र ती ठाउँहरूमा शक्तिपीठहरूको
उत्पत्ति हुँदै जान्छ । सतीको अङ्गबाट एकाउन्न शक्तिपीठहरूको उत्पत्ति हुने क्रममा
हामीले पढ्दै आएको स्वस्थानी कथामा यस्तो लेखिएको छ, 'पहिले
नेपालमा पुग्दा गुह्यपतन भयो । नेपाल पीठ, गुह्येश्वरी
देवी....उत्पत्ति भए ।' यस बाहेक स्वस्थानीमा नेपाल शब्दको उल्लेख पाइँदैन । बाँकी सबै पीठहरू
भारतमा रहेको कुरा स्वस्थानी पढ्दा थाहा लाग्छ । तर के यो नै साँचो हो त ? सतीको पहिलो अङ्ग नेपालमा खसेपछि अरू सब भारतमा कसरी ? के नेपालका शक्तिपीठहरू अतिक्रमित भएकै हुन् त ?
Tuesday, January 20, 2015
गज़ल - मर्यो भनिदिनु
मर्ने
बेला तिम्रो खोजी गर्यो भनिदिनु ॥
खुसी
हुनु जीवनमा नरोई बस्नु अब,
धर्तीबाट
अन्तै बसाई सर्यो भनिदिनु ॥
तिम्रो
बाधा अड्चन सबै पन्छियो नि अब,
उनको
लागि ठूलो खड्को टर्यो भनिदिनु ॥
बोझ
अब हुन्न उनलाई एकछत्र राज,
उनको
लागि ठूलै चिठ्ठा पर्यो भनिदिनु ॥
सम्झिएर
आफन्तले बिष्णु खै त भन्लान् ,
उनकै
यादमा कुहियर झर्यो भनिदिनु ॥
From : Virginia USA, 26 February 2014
From : Virginia USA, 26 February 2014
नेपाल
नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षीय बिष्णुहरि
भण्डारी २०७१ माघ १ गते आफ्नै
डेरामा मृत भेटिएका थिए ।
॥ हार्दिक श्रद्धाञ्जली ॥
॥ हार्दिक श्रद्धाञ्जली ॥
Subscribe to:
Posts (Atom)